कोशीमा विवादः मन्त्रालय फुटाउन मुख्यमन्त्री र कांग्रेस नेताबीच विवाद

८ भदौँ,  विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्रालय विभाजन हुनुपर्ने औपचारिक प्रस्ताव एमालेसमक्ष गरेको छ । एमालेले भने मन्त्रालय विभाजनको लागि औचित्य पुष्टि हुनुपर्ने र एक जना व्यक्तिको चाहनालाई पूरा गर्न मन्त्रालय विभाजन गर्न नहुने अडान राखेको छ । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको..

नामै नसुनेको राजनितिक दलको चन्दा आतंक

८ भदौ, झापा । नामै नसुनिएका तथा राजनीतिक वृतमा गतिविधि शून्य भएका दलले झापामा चन्दा आतंक सृजना गरेको खुलासा भएको छ । केही दिनदेखि झापाका अधिकांश विद्यालयमा आर्थिक सहयोग माग्दै उनीहरुले पत्र पठाउने गरेको खुलासा भएको हो । भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान, राष्ट्रियता, जनतन्त्र तथा जन जीविकाका मुद्दालाई लिएर संघर्ष गरिरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन भन्दै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले विद्यालयहरुमा पत्र पठाउँदै चन्दा मागेको छ..

रविको ९ घण्टा लामो बयानः ‘मलाई थाहा छैन’

८ भदौ, काठमाण्डौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन् । सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए । दाहालले भने– ‘९ घण्टाभन्दा बढी..

भारतकी युवा तथा खेलकुद राज्यमन्त्री खड्से त्रिवि शिक्षण अस्पतालमा

८ भदौ, काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मस्र्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएकी हुन् । यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत..

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै

६ भदौँ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सांसदले उठाएको प्रश्नहरूको जवाफ दिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै आजकै बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम..

अखिल क्रान्तिकारी इलामको अध्यक्षमा राई निर्वाचित

४ भदौ, इलाम । इलामस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को १४औं जिल्ला सम्मेलनबाट रोशन राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । निर्वाचित कमिटीको उपाध्यक्षमा समीर राई, राजेन्द्र लोहार र रेविका राई छन् । सचिवमा शिखर पौडेल, सहसचिवमा शम्भु राई, पुष्कर बोहोरा, निसान देवान र सुशील साउदेन निर्वाचित भए । कोषाध्यक्षमा रेविका तोलाङ्गी चयन भएकी छिन् । सदस्यहरूमा सुदीप श्रेष्ठ, रोशन लिम्बू, निशा पौडेल, अनुज भट्टराई,..

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

३ भदौ, काठमाण्डौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको कान्तिपुरलाई जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा..

यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने दोहोर्‍याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमाले निकट नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बाेधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए । ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार..

बैठकमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने

१ भदौ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पार्टीका उपमहासचिव जनार्दन शर्मासँग लामो समयदेखि संगत गरेको भन्दै दुवै नेताको स्वभावक कहिलेकाहीँ अगुल्टो ठोस्सिएझैं ठोसिने गरेको स्पष्ट पारेका छन् । रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘कमरेड प्रभाकरसँग मेरो सम्बन्धको कुरा गर्दा उहाँसँग भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रुपले सँगै छौं..

मोदीलाई नेपाल भ्रमणको निम्तो

२८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले यो तेस्रो कार्यकालमा पनि उच्च महत्व दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन नभएको भए मोदी यही साउनमा नेपाल भ्रमणमा आउने तयारी थियो । तर, नेपालमा सरकार परिवर्तन भएको कारण उनको भ्रमण एकाएक रोकिएको चर्चा छ..