राजनीति

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशीका मुख्यमन्त्री कार्की २८ गते पर्खदैँ
२४ असार, विराटनगर । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सभामा संकल्प प्रस्ताव पारित गराएर मुख्यमन्त्री बनेका हिक्मत कार्कीले फेरि कांग्रेसँग मिल्नुपर्ने भएको छ । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरले पुनः प्रदेशहरुमा हलचल मच्चिएको छ । माओवादीबाट मुख्यमन्त्री रहेका प्रदेश सरकारहरु अल्पमतमा परिसकेका छन् । कोशीका मुख्यमन्त्री कार्की भने अहिले आफूले कसैलाई सरकार छाड वा बस..

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l
महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..

सहसचिवको घरमा चोरी गर्ने समूहमा एमाले जिल्ला कमिटीका पूर्वसदस्य !
काठमाडौं । गत जेठ २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना सहसचिवको घरमा चोरी भयो । ललितपुर भैँसेपाटी बस्दै आएका सहसचिवले घरबाट सुनका गरगहना तथा नगद गरी २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरी दिएका थिए । चोरीको उजुरीपछि ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पार्यो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले चोरीमा संलग्न रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर..

भुटानमा तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने l
थिम्पु । भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको..

स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए । सांसद बजगाईँले भने( एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति..

असार २८ गतेसम्म मन्त्रालयको भागबण्डा टुङ्गो लाग्छः एमाले
२४ असार, काठमाण्डौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ । एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस–एमाले मिलेर सरकार गठन गर्ने बाटो..

एमाले भन्छः कांग्रेस–एमालेसहितको सरकार संवधिानको ७६(२) अनुसार नै बन्छ
२३ असार, काठमाण्डौँ । कांग्रेस–एमालेसहितको राष्ट्रिय सरकार संवधिानको ७६ (२) अनुसार नै बन्ने नेकपा एमालेले प्रष्ट्याएको छ । संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्ताैलाले अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको जिकिर गरे । सर्वाेच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको प्रष्टोक्ति थियो । उनले भने, ‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर..

प्रचण्डलाई भेटेर माधव नेपालले भनेः ‘तपाईले ओलीलाई चिन्नुभएकै छैन’
२२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको विश्वासमा पर्दा एमाले–कांग्रेसको गठबन्धन बनेको बताएका छन् । आज (शनिबार) प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोन गर्दै उनले ओलीले हामी स्वर्ग, नर्क सँगै जाने भनी विश्वास दिलाएर एमाले–कांग्रेस गठबन्धन बनाएको बताएका हुन् । कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार सञ्चलानका सम्बन्धमा लामो छलफल गरेको उनले बताए..

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको उल्लेख गर्दै उनले पार्टीको नेतृत्व सर्व सहमतिमा टुंग्याउने प्रयास भइरहेको बताए । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो,..

प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको आग्रह
२० असार, काठमाण्डौँ । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले आज बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ । ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने..