रास्वपा सांसद सोविता गौतमलाई निर्वाचन क्षेत्रमा अमर्यादित व्यवहार

रास्वपा सांसद सोविता गौतमलाई निर्वाचन क्षेत्रमा अमर्यादित व्यवहार


२१ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् ।

अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् ।

यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो । केही युवाहरुले उनलाई घेरेर हुलहुज्जत गरेका थिए । सोवितासँग उनकी स्वकीय सचिव प्रकृती न्यौपाने मात्र थिइन् ।

मुलपानी क्रिकेट रंगशालाबाट विपरीत डाँडापट्टि एउटा चौतारो र त्यसनजिक चियापसल छ । त्यो कटेपछि एउटा बस्ती आउँछ । उक्त बस्तीमा पहिरो गएको ठाउँ देखाउनका लागि केही स्थानीयहरु चिया पसलमा उनलाई पर्खेर बसेका थिए । सोविता उनीहरुसँगै पहिरो गएको स्थान अवलोकन गरेर करिब आधा घन्टामा फर्किइन् ।

फर्किने क्रममा उनले चिया पसल अगाडि केही युवाहरुको हुल देखिन, जो अघि त्यहाँ थिएनन् । उनीहरु सबै झगडाको मुडमा थिए । सोविताको गाडी आउनासाथ उनीहरुले घेराउ गरे ।

उनीहरुमध्येका एकजनाले ‘तपाईं बुढाहरुको मात्र कुरा सुन्ने, युवाहरुलाई वास्ता नगर्ने ?’ भनेपछि सोविता गाडीबाट ओर्लेकी थिइन् । त्यसपछि आफूमाथि उनीहरु अमर्यादित तवरले पेश भएको र फोहोरी शब्दहरुसमेत प्रयोग गरेको सोविताको आरोप छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर