राजनीति
गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित
१६ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो । ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, बैठककाे निर्णयमा भनिएकाे छ..
कोशीमा तेस्रो पटक माओवादी केन्द्र प्रतिपक्षमा
१५ भदौ, विराटनगर । कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ । एमाले नेता भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बन्दा पहिलो पटक माओवादी सत्ता भन्दा बाहिर परेको थियो । मुख्यमन्त्रीको रूपमा आचार्यले ६८ दिन प्रदेश सरकारको नेतृत्व गरे । आचार्य २०७८ साल भदौ २ गते मुख्यमन्त्री नियुक्ति भएका..
विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । तर, सभापति शेरबहादुर देउवाले शर्माको..
नेपाललाई डोहोर्याउने रामकुमारी एसमा किन हारिन् ?
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला..
समाजवादीको पदाधिकारीमा ७ जना महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष..
महामन्त्रीद्वय शर्मा र थापा अडानबाट टसमस नहुँदा संकटमा देउवा
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माले आफ्नो अडान नछाड्दा सभापति शेरबहादुर देउवा संकटमा परेका छन् । आज (मंगलबार) सभापति देउवाले बुढानीलकण्ठमा महामन्त्रीद्वय र उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कालाई बोलाएका थिए । पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले महामन्त्री र उपसभापतिहरुलाई बोलाएर मध्यमार्गी उपाय निकाल्न खोजेका थिए । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव..
एकीकृत समाजवादीभित्र प्रष्ट गुटबन्दी
११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो । वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रष्ट गुटगत उम्मेदवारी देखिएको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ ।..
साधारण सदस्य समेत नरहने गरी रास्वपाले हटायो मुकुल ढकाललाई
११ भदौ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालले दुवैपटक जवाफ दिँदा..
एसको पादधिकारी निर्वाचन आजः उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी
११ भदौ, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ । डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो । विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ । यस्तै १ महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी..
प्रचण्ड चरित्रः अस्ति पार्टी फुटको अभिव्यक्ति अहिले खण्डन !
१० भदौ, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत २३ जेठमा पोखरामा पार्टी फुट्न सक्ने संकेत गर्दै दिएको अभिव्यक्तिको अहिले आफैं खण्डन गर्नुपर्ने अवस्थामा पुगेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणसहित रुपान्तरणको आवाज उठाउँदै आएका उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले कोही मोहन वैद्यहरुकै बाटो हिँड्छ भने दुर्भाग्य हुने बताएका थिए । पोखरामा दिएको प्रचण्डको अभिव्यक्तिले कार्यकर्तामाझमा माओवादी पार्टी फेरि फुट्नै लागेको हो कि भन्ने सशंकित बनाइदियो भने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७