राजनीति

बंगलादेशमा झन् भड्कियो आन्दोलन, मृत्यु हुनेको संख्या २५ पुग्यो
४ साउन, बीबीसी । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु..

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल
३ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।..

समाजवादी मोर्चाको बैठक बस्दै
१ साउन, काठमाण्डौँ । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् । यसअघि मोर्चामा..

एक महिना भित्र फरक काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
१ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको..

शेखर कोइराला पक्षले देउवालाई बुझायो चार जना मन्त्रीको नाम
३० असार, काठमाण्डौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना नै मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो । आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले..

मन्त्रीहरुको नाम टुंगो लगाउन एमालेको छलफल सुरु
३० असार, काठमाण्डौँ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले छलफल सुरु गरेको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउन एमाले अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली
३० असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए । ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।

सत्तामा ओलीको इन्ट्रीः परमादेशबाट बहिर्गमन, जनादेशबाट पुनरागमन
३० असार, काठमाण्डौँ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली नेपाली राजनीतिको केन्द्रमा रहेका एक राजनीतिज्ञ हुन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुईतिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको..

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद
३० असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’ चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका..

ओलीको प्रधानमन्त्री नियुक्ति र सपथग्रहण आईतबार मात्रै हुने
२८ असार, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतवार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ..