बैठकमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने

बैठकमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने

१ भदौ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पार्टीका उपमहासचिव जनार्दन शर्मासँग लामो समयदेखि संगत गरेको भन्दै दुवै नेताको स्वभावक कहिलेकाहीँ अगुल्टो ठोस्सिएझैं ठोसिने गरेको स्पष्ट पारेका छन् ।

रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘कमरेड प्रभाकरसँग मेरो सम्बन्धको कुरा गर्दा उहाँसँग भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रुपले सँगै छौं । काम गर्दै आएका छौं । उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा सिँगै देशले बुझेकै कुरा छ । त्यो स्वभावका कारण हामी बेला बेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने गरेका छौं । अहिलेमात्रै होईन, जनयुद्धकालमा पनि र जनयुद्धपछि पनि अनि अहिलेपनि । तर, यो अगुल्टो ठोस्सिएजस्तो ठोस्निु आगो बाल्नको लागि खाना पकाउनको लागि र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न र अझ उहाँ र मेराबीचमा हुने बेला बेलामा हुने आशंकाहरु दूर गर्न र आफ्नो समझदारीलाई मजबुद गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

उपमहासचिव जनार्दन शर्माले मनोगत ढंगले आरोप लगाएर आफूमाथि हमला भइरहेको बताएका छन् । आज (शनिबार) रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पार्टी फुटाउँदै छ’ भनेर पार्टीको उच्च तह र नेतृत्वबाट नै देशभर बदनाम गराइएको बताएका हु्न् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी रहेको उक्त कार्यक्रममा उनले नेता तथा कार्यकर्तालाई ‘तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ?, यो पार्टी फोर्नेजस्तो देख्नुहुन्छ ?’ भन्दै प्रश्न गरे ।

‘संगठनात्मक रुपले केही न केही सिर्जना गर्ने कुरामा रूकुमले योगदान गरेकै हो । हजारौं कमाण्डरहरुलाई तयार गरेर युद्ध मोर्चामा गएकै हो । जनयुद्धपछि संविधान निर्माणमा खेल्नुपर्ने भूमिका खेलेकै हो । पाँच–पाँच जना थियौं हामी संविधान निर्माणको बेलामा । तर, आज बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ,’– उनले भने ।

पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको उनले बताए । उपमहासचिव शर्माले आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको बताए । उनले आफूले राखेको प्रश्नमा पार्टी बनाउने, निर्माण गर्ने र रूपान्तरण गर्ने हुटहुटी रहेको बताए ।

उपमहासचिव शर्माले आफूले प्रचण्डलाई नेतृत्वबाट विस्थापित गर्ने नभएर अरु २ सय वर्ष बचाउने कुरा गरेको बताए । अरु २ सय वर्षसम्म प्रचण्डको विचारले नेतृत्व गरोस् भन्ने आफ्नो प्रस्तावमा आफूमाथि अनेक आरोप लगाइएको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर