यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली

यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने दोहोर्‍याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ ।

आज एमाले निकट नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बाेधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए ।
ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्न होइन । भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’
सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने ओलीले बताए ।

उनले थपे, ‘न्याय र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं ।’

उनले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने उनको टिप्पणी छ ।

‘लोकतन्त्र एउटा अनुशासिन समाज हो । आज कुनै योगदान नभएकाहरुको दुई चार वर्ष सामाजिक सञ्जालमा तारिफको पुल बनाएर महान बनाउन खोज्ने तथा देश देशका लागि काम गरेकालाई बदनाम गराएर हुर्मत लिन खोज्ने संगठित प्रयासलाई हामीले बुझ्नुपर्छ,’ ओलीले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270