एकीकृत समाजवादीको पदाधिकारीसहित केन्द्रीय सदस्य चयन गर्न सहमतीको प्रयास जारी

२० असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो । तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् । ‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छाै, त्यसैका लागि छलफल चलिरहेको छ,’..

एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीहरुको राजीनामा स्वीकृत

२० असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा आएको स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।..

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’ यसअघि नेता घनश्याम भुसालले..

एमालेबाट मन्त्री बनेकाहरु राजिनामा पत्र बोकेर पार्टीको निर्देशन पर्खिदै

१९ असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् । आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले तदर्थ अवस्थामा काम गरिएको मन्त्रीहरूले बताएका छन् । सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको..

राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूको साझा प्रयासबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्छः ओली

१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । राससँगको कुराकानीमा उनले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि..

प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेको आग्रह

१९ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।  

मुकुल ढकालको समीक्षा प्रतिवेदन बैठकमा पेस गर्न रोविले रोके

१९ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् । बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए । ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भने..

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।

१७ असार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकमा आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति भएपछि कांग्रेस प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो । कृषि, सशर्त अनुदान, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणमा ३० लाख भन्दा मुनिका..

धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि नयाँ समिति गठन, सदस्य पुरानै l

१७ असार, धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया रद्द भएपछि सरकारले सोही कामका लागि नयाँ समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य हुन्छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त..

सत्ता ‘उथलपुथल’ को कसरत विभिन्न दल सम्मिलित वर्तमान गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्व शृंखलाबद्ध बैठकमा

17  असार , संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ ।   सत्ता ‘उथलपुथल’ को कसरत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर..