२८ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह केन्द्रीय समिति बैठका सन्दर्भमा रणनीति बनाउन जुटेको छ । आज (शुक्रबार) दिउँसो १ बजेबस्ने बैठकको रणनीति बनाउन पौडेल पक्षबीच ११ बजेबाट अर्चुअल बैठक सुरु भएको छ ।
बैठकमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको सहभागिता रहेको स्रोतले जानकारी दियो । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार पार्टी बैठकमा पार्टीको १४ औं महाधिवेशन, सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका विषयमा छलफल हुनेछ ।
आफूहरुले उठाएको मुद्दाका विषयमा सहमतिको खाका तयार नभएकाले बैठकमा प्रस्तुत हुनेबारे पौडेल पक्ष रणनीति बनाउन लागेको बुझिएको छ ।
सभापति देउवा पक्ष भने जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर जानुपर्ने पक्षमा छ । देउवा पक्षको प्रस्तावमा नेता कृष्णप्रसाद सिटौला पक्ष पनि सहत देखिन्छन् ।
सिटौला पक्षले पनि महाधिवेशनको तालिका प्रभावित भइसकेकाले संशोधन गरेर जेठमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थियो ।