३ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरीक विवाद चुलिदैँ जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उहाँले हिजो राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा डेढ घण्टा लामो भेटवार्ता गर्नुभएको स्रोतले जनाएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यही समयमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अध्यक्ष दाहाल शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमै रहेको बेला राजदूत यान्छी भने प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफलमा हुनुहुन्थ्यो ।