समाचार
सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला
२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..
पत्रकार महासंघको चुनाव सर्यो
२६ जेठ । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन । साथै, निर्वाचन समिति गठन..
राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित
२६ जेठ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले..
टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित
२६ जेठ । राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ। शनिबार सम्पन्न समूह सी को खेलमा अफगानिस्तान ८४ रनले पराजित भएको हो। अफगानिस्तानको यो लागातार दोस्रो जित हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ। न्युजिल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा समेटियो। न्युजिल्यान्डका ग्लेन..
पौडी खेल्ने क्रममा डुबेर चुलाचुलीमा एकको मृत्यु
२४ जेठ, इलाम । इलामको चुलाचुली गाउँपालिका ३ स्थित ऐना पोखरीमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । पर्यटकिय स्थल ऐना पोखरीमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो भने संगै पौडी खेल्ने २ जना अस्पतालमा उपचाररत रहेका छन । मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका..
गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री
२४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । यी मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुनेछन् । कानुन, न्याय तथा संसदीय मामिला, उद्योग,..
सङ्खुवासभामा खोलाले बगाउँदा चार वर्षीय विद्यार्थीको मृत्यु
२४ जेठ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२, च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।..
संसदीय प्रक्रियामा झुक्किए सभामुख- एउटै सम्झौता दुई पटक पारित
२४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार..
मनसुनजन्य विपद्बबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण
२४ जेठ । यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो । समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ । उक्त..
रोङ गाउँपालिका उपाध्यक्षले लगाईन् आफ्नै गाउँपालिकालाई आफ्नै गाडी भाडामा
२४ जेठ । इलामको रोङ गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरेको फेला परेको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास भुजेलका लागि भन्दै गाउँपालिकाले भाडामा लिएको बोलेरो जिप उनकै श्रीमानको रहेको खुलेको हो । गएको पौषमा गाउँपालिकाले उपाध्यक्षका लागि सवारी साधन भाडामा लिने निर्णय गरेको थियो । निर्णय लगत्तै उपाध्यक्ष भुजेलले बा. १५ च. ५७१ नम्बरको बोलेरो जिप खरिद गरी श्रीमान् बुद्धी बहादुर खवासको नाममा राखिन् । स्रोतका अनुसार २०१९ मोडेलको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७