इन्डोनेसियाको ईबू ज्वालामुखी फेरि विस्फोट

इन्डोनेसियाको ईबू ज्वालामुखी फेरि विस्फोट

२६ जेठ । इन्डोनेसियाको हलमाहेरा टापुमा रहेको ईबू ज्वालामुखी फेरि विस्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी एक हजार मिटरसम्म उचाइमा पुगेको थियो ।

विस्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादल उत्तरपश्चिममा उत्सर्जन गरेको छ । एक हप्ताभित्र ज्वालामुखीको पाँचौं विष्फोट हो ।

प्यासिफिक रिङ अफ फायरमा अवस्थित इन्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर