समाचार
नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित
२१ जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका प्रधान नगर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मतमा चित्त बुझाउनु पर्याे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरे । उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले..
बिएन्डसी टिचिङ हस्पिटलमा निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा
२१ जेठ, झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ । हस्पिटलमा आइतबार पत्रकार सम्मेलन गरेर आइतबारबाट सुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रमसि गिरीले जानकारी दिनुभयो । कार्यक्रममा कुनै पनि मृगौलाका बिरामीहरुले निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा लिन पाउने गिरीले बताउनुभयो ।..
नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा
२१ जेठ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ। ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्यो । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको..
प्रथम रेडहर्स इलाम गोल्डकप- २२ लाख नाफा
२१ जेठ । प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगितामा २२ लाख रुपैयाँ नाफा भएको छ । नाफामध्ये करिब १३ लाख रुपैयाँ भने जम्मा हुन बाँकी रहेको आयोजकले जनाएको छ । आयोजक रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलनगरी गत माघ ६ देखि १३ गतेसम्म इलामको ठूलो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । आयोजक समिति सचिव प्रकाश घिमिरेले आम्दानीमध्ये ६६ लाख २० हजार रुपैयाँ उठेको र ५६ लाख ३१ हजार रुपैयाँ खर्च..
गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु भन्दै ओलीप्रति बालेनको आक्रोश
२१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन्। गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि..
विश्वकप तथा एएफसी एसियन कप छनोट खेल्न साउदी पुग्यो नेपाली टोली
२० जेठ । नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ। विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली त्यहाँ पुगेको हो। दमाम पुगेको नेपाली टोलीलाई दूतावासका प्रतिनिधी नारायण पासवान र त्यहाँ बस्ने नेपाली समाजले स्वागत गरेका थिए। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा दमाममा खेल्दैछ। युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला खेल सञ्चालन..
जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि ग्लोबल टेण्डर आह्वान
२१ जेठ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार,..
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
२१ जेठ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने सचिव पुनले बताए ।
टी–२० विश्वकप- सुपर ओभरमा ओमानमाथि नामिबियाको जित
२१ जेठ । नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। सुपर ओभरम नामिबियाका डेविड वीसले १३ रन बनाए। यस्तै, कप्तान ग्रेहार्ड इरास्मसले आठ रन जोडे। २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै..
शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न
विर्तामोड । झापाको विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महा संघ (फोनिज) झापाको आयोजनामा होटल ग्राण्ड प्यासिफिक होटलमा एक दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा आदिवासी जनजाति समुदायका ५० जना बिधार्थीहरूको सहभागी रहेको थियो । शनिवार सम्पन्न सो कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेका थिए । उनले बहुभाषिक शिक्षा र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७