समाचार
विस्फोटक पदार्थ लिएर हिंडेका २ युवक पक्राउ
२३ जेठ । विस्फोटक पदार्थ लिएर हिँडेको आरोपमा दुई युवकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र सोही ठाउँका २७ वर्षकै वसन्त कुमाल छन् । सोमबार बिहान साढे ९ बजे उनीहरुलाई अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो । तुम्लिङटारबाट मोटरसाइकलमा लेगुवातर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले बताए । को १७..
अर्थमन्त्री पुनलाई सांसद गिरीको खबरदारी
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले कार्यक्रम घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति नपछ्याउन सरकारलाई आग्रह गरेका छन् । बुुधवार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उदाहरणका रुपमा उनले बजेटमा सातै प्रदेशमा बृद्धाश्रम बनाउने विषय आएको उल्लेख गर्दै यसको कार्याँवयनको पखाईमा आफू रहने बताए । ‘सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रमको स्थापना गरिनेछ भनेर बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले..
स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने
२३ जेठ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन..
कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
२३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । यसपटक..
चारआली ब्यारेकको परिकल्पनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम
२३ जेठ, झापा । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ। मंगलबाार झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन भएको हो । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो । विपद पश्चातको खोज उद्धार र..
फेरि आफैँले सरकार बनाउने मोदीको घोषणा
२३ जेठ । भारतमा अपेक्षा गरेभन्दा कम सिट आफ्नो गठबन्धनले ल्याए पनि फेरि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । मंगलबार भाजपा पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै मोदीले चुनावी विजय विश्वकै सबैभन्दा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् । उनले भावी सरकार आफूहरूले बनाउने समेत बताए । यसलाई भारतीयको विजयको संज्ञा दिँदै मोदीले गरिबी देशबाट नहटेसम्म नरोकिने बाचा समेत गरेका छन् । भाजपा देशको सबैभन्दा ठूलो पार्टीको..
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित
२३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो। पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए। तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल..
विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव
२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो..
ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित
२३ जेठ । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..
बालेनले संयमता गुमाउँदै गएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी
२२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्काे आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’ ०५४ मा एमालेले काठमाडौं..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७