सिंहदरबारमा प्रचण्ड, ओली र माधवबिच छलफल

२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबिच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीले भेटवार्ता गरेका..

तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न शिक्षा मन्त्रालय सहमति

२१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय..

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको..

साफ महिला च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

२१ जेठ । नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ। प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ।

महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

२१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। एन्फाले सोमबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन्। एन्फाका महासचिव किरण राईले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

बजेट छलफलमा निदाए सांसद चित्रबहादुर केसी

२१ जेठ । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन्। आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य..

गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न राप्रपाको माग

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु..

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश

२१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन..

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच भेटवार्ता

२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’ राष्ट्रिय राजनीतिमा..

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण

२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र  सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा- अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा..