समाचार
किताबी ज्ञानले मात्रै पुग्दैन भन्दै कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
२८ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ–९ स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक..
चुलाचुली ५ मा योजना छनोटको काम सम्पन्न
२८ जेठ, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ मा आज योजना छनोटको काम सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि टोलहरुबाट योजनाको नामहरु संकलन गर्ने कार्यहरु भईरहेको वडाध्यक्ष बबिन राईले बताए । चुलाचुली गाउँपालिका वडा नं. ५ का स्थानियहरुले बाटो–घाटो निर्माण तथा मर्मत, सिंचाई, खानेपानि, पर्यटन प्रवद्र्धन लगायत संग सम्बन्धी योजनाहरु मग गरेका छन् ।
आमाको हत्या आरोपमा छोरा पक्राउ
२८ जेठ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विपद् उद्धार अभ्यासका क्रममा सशस्त्रका जवानको मृत्यु
२८ जेठ । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् । सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्मी नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका..
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वाेच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त..
दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु
२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने..
प्रचण्ड र मोदीबीच भेटवार्ता, प्रचण्ड आज स्वदेश फर्कने
२८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका..
विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान
२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी - २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्। उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए। उनका अनुसार..
मधेशमा मन्त्रिपरिषद् विस्तार
२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..
भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी चयन
२७ जेठ । भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो । पार्टी सांसदहरूको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोनियालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव राखेका थिए । जुन सर्वसम्मत पारित भयो । शनिबारै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता राहुल गान्धीलाई नेता प्रतिपक्षको जिम्मेवारी सम्हालन आग्रह गरिएको थियो ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७