ट्वान्टी-२० विश्वकप- स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी

२४ जेठ । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा नवौ विकेट गुमाउँदै १२५ रन बनायो। ओमानका आयन खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। मेहरान खान २७, अकिब इलियास १८ र शकील अहमद ११ रनमा आउट..

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला..

मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि फ्रान्सको सहज जित

  २४ जेठ । केलियन एमबाप्पे चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ। स्टेड सेन्ट सिम्फोरियनमा बुधबार राति सम्पन्न खेलमा फ्रान्स ३-० गोल अन्तरले विजयी भएको हो। खेलको ४३औं मिनेटमै कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ६०‍औं मिनेटमा जोनाथन क्लाउसले गोल गर्दै अग्रता दोब्बर बनाए। दुवै गोलमा एमबाप्पेले एसिस्ट गरेका हुन्। ८५औं मिनेटमा ब्राडली बारकोलाको पासमा एमबाप्पले गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए।

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रचण्ड

२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन..

युएईसँग खेल्दै नेपाल

  २४ जेठ । नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९: ४५ बजेबाट सुरु हुने छ। एएफसी (एसियाली फुटबल महासंघ)ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो। समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै..

पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा हुने

२३ जेठ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाकाे आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो । पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

डी ब्रुएना फ्रि एजेन्टको रुपमा साउदी जाने

२३ जेठ । म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्। बेल्जियमका ३४ वर्षीय स्टार स्ट्राइकरले इंग्लिस प्रिमियर लिग लिग क्लबमा १० सिजन पूरा गरेका छन्। 'मेरो उमेरमा तपाईं सबै कुराको लागि खुला हुनुपर्छ,' डी ब्रुएनाले भने। करिब १८ महिनाअघि क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका थिए। साउदी लिग क्लबहरूले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्न करोडौं डलर खर्च गरिरहेको छ। करिम बेन्जेमा र नेयमारपनि रोनाल्डोलाई पछ्याउँदै साउदी..

स्वदेशी आलु–प्याजमा भ्याट हटाइयो- अर्थमन्त्री पुन

२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१र८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए । उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको..

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..

सहकारी पीडितले कालो झण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो

२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।