समाचार
राहतको पोको खोल्दै कोशी सरकार, केन्द्रको मुख नताक्ने
विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् । ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’..
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ । नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको..
दुई दिनको विपदमा ४८ जनाको ज्यान गयो , इलाममा मात्र ३७ जनाको मृत्यु
इलाम । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको..
अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
इलाम । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा..
बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति (सूचीसहित)
काठमाडौं । इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् । इप्पानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्याएको छ । इलामकै निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चत..
अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ..
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, उपमहासचिव भन्छन्- सम्भवतः चाँडै हामी महाधिवेशन गर्दै छौँ
काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दै छौँ । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’..
इलाममा चिया टिप्ने श्रमिकको अभाव
इलाम । श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिइरहेका छन् । पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएको बताएका हुन् । दैनिक ११ श्रमिकले टिप्ने चिया, एउटा मेसिनले एकै दिनमा टिप्ने गरेकाले मेसिन प्रयोग निकै सस्तो भएको किसानको अनुभव छ । ‘मेसिन प्रयोग गर्दा दुईजनाले काम गर्ने र काम पनि धेरै..
प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन कांग्रेस–एमालेसहित ८ दलको माग
काठमाण्डौँ । कांग्रेस –एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका छन्। रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।
मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया नष्ट
इलाम । भदौ २४ मा जेन–जेड आन्दोलनक्रममा प्रदर्शनकारीले मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया जलेर नष्ट भएको छ । निर्यातका लागि भन्सार पुगेको इलामका पाँच कारखानाको चिया जलेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्रीअन्तु, गोर्खा र दाजु–भाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा नष्ट भएको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए । ‘आन्दोलनक्रममा बन्द भएका चिया कारखाना अब..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७