काँकडभिट्टा नाकाबाट पाँच अर्ब ५३ करोड बढीको अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब ५३ करोड बढीको अलैँची निर्यात


झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै रु ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, रु ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, रु ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै नौ करोड १२ लाख ८७ हजारको मुसुरो दाल र रु तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर