पानिमा डुवेर झापामा एक बालकको मृत्यु

५ फागुन, झापा । खाल्डोमा जमेको पानीमा डुवेर झापामा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काका अनुसार कचनकवल वडा न.२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका १४ महिने छोरा प्रियांस राजवंशी रहेका छन् । सोमवार साँझ उनी वडा नं.३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । अस्पताल..

कांग्रेसबाट निर्वाचित माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ बाट निर्वाचित वडाध्यक्ष राम घिमिरे नेकपा (एमाले) मा प्रवेश गरेका छन्। दमकमा आयोजित एक कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा ओलीले घिमिरेको सक्रियता र स्थानीय तहमा गरेको कार्यप्रति प्रशंसा गर्दै एमालेमा उनको भूमिकाले संगठन सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा ८६५ मत प्राप्त गर्दै माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भएका..

कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो

इलाम । इलामको सूर्याेदय नगरपालिका आर्थिक वर्ष २०८१र०८२ को कार्य सम्पादन मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये पहिलो भएको छ । ७२ दशमलब ८७ अंकसहित सूर्याेदय पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोजले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार इलाम नगरपालिका ७२.०९ अंकसहित दोस्रो र सन्दकपुर गाउँपालिका ७०.५६ अंकसहित तेस्रो भएका छन् । देउमाईले ६५.३५, माई नगरले ५५.८२, चुलाचुली गाउँपालिकाले ५५.३५, माइजोगमाई गाउँपालिकाले ५१.४६ अंक पाएका छन् । त्यस्तै,..

सहिद माङतोक : लिम्बुवान आन्दोलनको अमर योद्धा र अधुरो न्यायको कथा

चुलाचुली १ स्थित सहित माङतोकको प्रतिमा नितेश राई / इलाम । नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको कथा मात्र होइन, पहिचान, अधिकार र स्वाभिमानका लागि गरिएको लामो संघर्षको इतिहास पनि हो। यही संघर्षको क्रममा आफ्नो जीवन अर्पण गर्ने अमर व्यक्तित्व हुन् सहिद माङतोक (राजकुमार आङ्देम्बे) । उनी लिम्बुवान आन्दोलनका एक निडर योद्धा थिए, जसले पहिचान, स्वशासन र ऐतिहासिक अधिकारको पक्षमा उभिँदै जीवनकै मूल्य चुकाए। सहिद माङतोकको जन्म एक साधारण लिम्बु..

दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

इलाम । झापाको दमकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक र पछाडि सवार रहेका युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२..

चुलाचुली १ मा रक्तदान कार्यक्रम तथा आँखा शिविर सम्पन्

१९ माघ, इलाम । चुलाचुली गाउँपालिका वडा नम्बर १ ले रक्तदान कार्यक्रम तथा एकदिने आँखा शिविर सम्पन्न गरेको छ। मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न आँखा शिविरमा करिव २५० जना स्थानियले सेवा लिएका छन् । निशुल्क आँखा शिवरले आँखा सम्बन्धी समस्या भएकाहरुलाई लाभ मिलेको स्थनिय वडा बासीले बताएका छन ।

भृकुटी मण्डपमा कोइराला परिवारबाट उपस्थिति छैन

काठमाण्डौँ । राजधानीको भृकुटी मण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । हिजो उद्घाटन भएकोमा आज बन्दसत्र चलिरहेको छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु उपस्थित छैनन् । त्यसैगरी, कोइराला परिवारबाट कसैको पनि उपस्थिति देखिएको छैन । नेता शेखर कोइराला, डा.सशाँक कोइराला र नेतृ सुजाता कोइराला महाधिवेशनमा अनुपस्थित छन् । सुजाता नआए पनि उनले आफ्नो गुणगान गाएर लेखेको पुस्तक महाधिवेशन स्थलमा वितरण गरिएको छ । महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई..

इलाममा सवारी दुर्घटना, दुई जना घाइते

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ नेपालटारमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–ज ३६६१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ ४७६११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ताप्लेजुङ कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईं घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते..

तेह्र दिन पनि टिकेन वैकल्पिक शक्तिहरुको एकता, गुनासो पोख्दै बाहिरिए कुलमान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए । घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो ।..

इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता

। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र..