
झापा । किरात राई यायोक्खा प्राराम्भिक कार्य समिती द्वारा दमक ०७ कार्यलयमा जेष्ठमा रक्तदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
कि.रा.या. दमक ७ वडा समिती अध्यक्ष लालसुन्दर राईको अध्यक्षता भऐको कार्यक्रमको प्रमुख अतिथी दमक ७ वडाध्यक्ष भिम प्रसाद पौडेल, बिशिष्ठ अतिथी समाजसेवि साहित्यकार सुमित्रा वागंदेल चेली, यायोक्खा नगर समिती सचिव साथै किरात याक्थुम चुम्लुङ वडा ७ अध्यक्ष महेन्द्र योगंया, निलकण्ठ टोल बिकासको अध्यक्ष देब बिश्वजित, नमुना ब्याडमिन्टन सचिब धनेश्वर कार्की, आशिष प्रेश्टिटेरियन चर्च प्रतिनिधी भरत रणपहेली साथै दमक ७ का जनप्रतिनिधी अतित राई लगायत टोल बिकास प्रतिनिधीहरू रहेका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा राई समुदायबाट उल्लेखनिय योगदान पुर्याऐर समुदायको गरिमा उच्च पार्नु हुने ब्यक्तित्वहरूलाई वडा समिती द्वारा सम्मान पत्र र फेटा, धजुरी-पिचुरी लगाऐर सम्मान गरिऐको छ।
सम्मान हुनेमा ईष्ट्रन स्टार बोर्डिगंका संस्थापक पचं बहादुर राई, राष्ट्रिय बहुमुखी सहकारीका अध्यक्ष लक्षुदास राई र प्रज्ञा प्रतिस्थान सदस्य सुमित्रा वागंदेल चेली लगायत रहनु भएको । साथै नागरिकहरूलाई सम्मान पत्र तथा न्यानो बर्की ओडाऐर प्रमुख अतिथी द्वारा सम्मान गरिऐको थियो।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७