कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो ।

नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले जनाएको छ ।

अहिले नाकामा गाडी आउजाउ गर्न पुर्ण रुपमा ठप्प छ । नाकामा टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ । कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, प्रदेश नं. १ सरकार र संघीय सरकारले पशुपतिनगरको २ स्थानमा हेल्प डेस्क राखेर मानिसको चेकजाँच गरिरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर