देउमाई नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

देउमाई नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

३० चैत्र, देउमाई/इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रणका लागि सरकारले तिन साता देखी जारी गरेको लक डाउनका कारण समस्यामा परेकाहरुलाई देउमाई नगरपालिकाले राहत वितरण गरेको छ ।

नगरपालिकामा रहेका विपन्न परिवार तथा दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्ने व्यक्तिहरुको पहिचान गरी चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न राहत सामाग्री वितरण गरिएको देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा रहेका २६८ विपन्न परिवारलाई उल्लेखित खाद्यन्न राहत वितरण गरिएको छ ।

जम्मा ९ वटा वडा रहेको नगरपालिकाले वडा नं. १ का ३३, वडा नं. २ का २५, वडा नं. ३ का ३७, वडा नं. ४ का ३६, वडा नं. ५ का २७, वडा नं. ६ का १६, वडा नं. ७ का ३४, वडा नं. ८ का २८ र वडा नं. ९ का ३२ विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

स्मरण रहोस्ः देउमाई नगरपालिकाले राहत वितरण गरेको फोटो सामाजिक संञ्जालहरुमा नलगाउने निर्णय यस अघि नै गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर