२ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नं. ७ मा नहरमा डुबेर ८ बर्षीय एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको रङगेली नगरपालिका २ घर भई दुहवीको ए.वि.आइ. ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब रहेको बताइएको छ । हिजो सोमवार आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएको र उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।