सुनसरीमा प्रहरीको मोटरसाईकल दुर्घटनामा, प्रहरी जवान गम्भिर घाईते

सुनसरीमा प्रहरीको मोटरसाईकल दुर्घटनामा, प्रहरी जवान गम्भिर घाईते

७ वैशाख, सुनसरी । इटहरीबाट विराटनगर जाँदै गरेको प्रहरीको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको छ । दुर्घटनामा परी मोटरसाईकल चालक प्रहरी जवान सुरज नेपाली गम्भिर घाईते भएको सुनसरी प्रहरीले जनाएको छ ।

को ५ प २३९४ नम्बरको मोटरसाईकल झापा घर भएका प्रहरी जवान सुरज नेपालीले कुदाउने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

प्रहरी चौकी बाह्विसे संखुवासभा दरवन्दी भई विराटनगरमा कार्यरत नेपालीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको अहिले बोल्न सक्ने अवस्था समेत नभएको प्रहरीले बताएको छ । बेहोस अवस्थामा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर