कमल–५ पाडाजुङीमा आज साझ दुर्घटना हुँदा चुलाचुलीका एक युवकको मृत्यु

कमल–५ पाडाजुङीमा आज साझ दुर्घटना हुँदा चुलाचुलीका एक युवकको मृत्यु

२६ वैशाख, इलाम । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ मा अहिले साझ सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकले गृहखबरलाई जानकारी दिएको छ ।

प्रहरी कार्यलय दमकका अनुसार बा ४२ प ९७७० नम्बरको मोटरसाईकल र ना ६ ख ५४०१ नम्बरको ट्रक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार इलाम चुलाचुली गाउँपालिका–४ आईतवारेका रणबहादुर लिम्बूको मृत्यु भएको हो ।

मोटरसाईकल चालक अन्दाजी ३०/३१ बर्षको लिम्बूलाई उपचारका लागि दमक अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाईएको छ ।

अहिले ठक्कर दिने ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यलय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर