समाचार
झापा र सुनसरीका १६ जना संक्रमित पनि भारतबाटै आएका थिए
८ जेष्ठ, झापा । झापाको कचनकबल गाउँपालिकामा आज थपिएका १५ जना कोरोना संक्रमित पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो । ‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनुभएको..
प्रेस यूनियनद्धारा झापाका पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’
८ जेष्ठ, झापा । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको क्षेत्रीय समितिले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैँया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताउनुभयो । उहाँका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग..
इलामको देउमाइमा छोरीले गरीन् आफ्नै बावुको हत्या
६ जेष्ठ, इलाम । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडामा छोरीले आफ्नै बावुको हत्या गरेकी छन । साबिक शान्तिडाँडा–२ निवासी ५२ बर्षिय बाबू फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन । घट्ना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी निरिक्षक उद्धव पोखरेलले गृहखबरलाई जानकारी दिनुभयो ।
सुनसरीबाट १५ जना भारतीयलाई नियन्त्रणमा लिएर क्यारेन्टाईनमा पठाईयो
४ जेष्ठ, सुनसरी । सुनसरीको हरिपुर क्षेत्रमा लुकेर बसेको अवस्थामा १५ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर क्यारेन्टाईनमा राखेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १५ जना भारतीयहरु आएको सुचना पाएपछि हरिपुर क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो । सुनसरीका अधिकांस क्षेत्रहरु भारतीय खुल्ला सिमाना पर्ने भएकाले भारतीयहरु जति बेला पनि प्रवेश गर्न सक्ने भन्दै प्रहरीले कडाई..
धरानको वीपि प्रतिष्ठानमा ओपिडी सेवा अनिश्चित, विरामीहरु समस्यामा
४ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा २ महिना देखी बन्द हुदाँ विरामीहरु समस्यामा परेका छन् । लकडाउन पछि बन्द रहेको ओपिडी सेवा कहिले खुल्ने भन्ने निश्चित नहुँदा समस्या भएको हो । ओपीडि सेवा सुचारु गर्नका लागि अहिले सम्म दुई चरणको बैठक तथा छलफल भएपनि खास निकास नभएका कारणले समस्यामा परेको विरामीहरुले बताएका छन् । लकडाउनको बेलामा अस्पतालमा उपचारका लागि आउनेहरूलाई कसरी व्यवस्थापन..
नेपाली सेनाका लागि मेडिकल सामग्री बोकेर चिनिया जहाज नेपाल आईपुग्यो
३१ वैशाख, काठमाण्डौँ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । आज विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्माेमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताएका छन्..
दमकको हरिओम कोलानी मार्गमा ट्रिपरले ठक्कर दिदा एक जनाको मृत्यु
३१ वैशाख, झापा । झापाको दमक स्थित हरिओम कोलोनी मार्गमा आज विहान सवारी दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आज विहान करिव ८ वजे तिर को १ ख ५५२४ नम्बरको ट्रिपरले ठक्कर दिदा साईकलयात्री दमक–१ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माका अनुसार तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको..
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमित संख्या १९१ पुग्यो
काठमाडौँ,३० बैशाख । नेपालमा आज मंगलबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५७ जना सहित सङ्क्रमित संख्या १९१जना पुगेको हो । नयाँ संक्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेको छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य..
सिमा सुरक्षामा खटिएका सुरक्षकर्मीका लागि बर्जु गाउँपालिकाद्धारा साईकल वितरण
३० वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई साइकल वितरण गर्नुका साथैँ अस्थायी चर्पी निमार्ण गरीदिएको छ । सुनसरीको खुल्ला सिमामा सुरक्षा दिदै आएका सुरक्षकर्मीहरुलाई सिमामा गस्ती गर्न सजिलो होस भनि साइकल वितरण गरेको बर्जु गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवराज कार्कीले बताउनुभयो । बर्जु गाउँपालिका क्षेत्र भित्र रहेका इलाका प्रहरी कार्यालय सितागंजलाई २ थान, इलाका प्रहरी कार्यालय चिमडीलाई २ थान, प्रहरी चौकी अमडुवालाई २ थान, प्रहरी चौकी..
इटहरीको मुख्य चौक क्षेत्रमा निर्माण कार्य सुरु
२८ वैशाख, सुनसरी । केहि समय देखि लकडाउनका कारण रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको निर्माण कार्य सुरु भएको छ । इटहरीको मुख्य चौक आसपासमा निर्माणधिन ६ लेन सडकको काम इटहरी आसपासमा भने सुचारु भएको हो । रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा करीब ५ महिना अगाडी भत्काईएको थियो । तर निमार्ण काई ढिलो भएको भन्दै ब्यपार ब्यवसाय चौपट्ट हुदै आएको भन्दै लकडाउनको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७