सुनसरीका सामुदायिक विद्यालयहरुलाई सेभ द अर्थको सहजीकरणमा स्वास्थ्य सामाग्री सहयोग

सुनसरीका सामुदायिक विद्यालयहरुलाई सेभ द अर्थको सहजीकरणमा स्वास्थ्य सामाग्री सहयोग


२२ वैशाख, सुनसरी । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थ नामक संस्थाले सुनसरीका स्थानियतहहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

हाल लकडाउन कारण विद्यालहरु वन्द रहे पनि लकडाउन खुले संगै विद्यालयहरु खुलेपछि विद्यार्थीहरु कोरोना संक्रमणबाट सम्वेदनशिल रहने भएको हँुदा विद्यार्थीका लागि स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको जनाइएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थको सहजीकरणमा सेनिटाईजर, ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वस्थ्य सामाग्री सुनसरीको गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउपालिकाका सामुदायिक विद्यालयहरुका लागि वितरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री प्रत्येक स्थानियतहका शिक्षा प्रमुखहरुलाई हस्तान्तरण गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।
विद्यालयमा उपलब्ध स्वास्थ्य सामाग्रीले विद्यालयमा आउने विद्यार्थी–बालबालिका, शिक्षक, शिक्षिका लगायतलाई कोरोना संक्रमण हुनबाट बचाउने संस्थाका अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर