
३० वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई साइकल वितरण गर्नुका साथैँ अस्थायी चर्पी निमार्ण गरीदिएको छ ।
सुनसरीको खुल्ला सिमामा सुरक्षा दिदै आएका सुरक्षकर्मीहरुलाई सिमामा गस्ती गर्न सजिलो होस भनि साइकल वितरण गरेको बर्जु गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवराज कार्कीले बताउनुभयो ।
बर्जु गाउँपालिका क्षेत्र भित्र रहेका इलाका प्रहरी कार्यालय सितागंजलाई २ थान, इलाका प्रहरी कार्यालय चिमडीलाई २ थान, प्रहरी चौकी अमडुवालाई २ थान, प्रहरी चौकी रामगंजशुक्रबारेलाई २ थान, अमडुवा बिओपि पोस्टलाई ४ थान र साहेवगंज विओपीलाई ४ थान साइकल तथा २ बटा अस्थायी चर्पी निमार्ण र खानेपानी टुवेल जडान गरीदिएको बर्जु गाउँपालिकाका अध्यक्ष रघुन्नदन चौधरीले बताउनुभयो ।
साईकल हस्तान्तरण कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुन्नदन चौधरी, उपाध्यक्ष संगीता कुमारी राय, प्रमुख प्रसासकिय अधिकृत नवराज कार्की, सशस्त्र प्रहरी ४ नं. गणका डिएसपी बालकृश्न श्रेष्ठ, साहेबगंज बिओपिका प्रमुख श्याम बाबु यादव, इलाका प्रहरी कार्यालय चिमडीका साहायक प्रहरी निरीक्षक नागेश्वर थनदार लगायतको उपस्थिती रहेको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७