पत्रकार बानियाँको मृत्युबारे छानबिनग गर्न नेपाल ट्रेड युनियन काँग्रेसको माग

पत्रकार बानियाँको मृत्युबारे छानबिनग गर्न नेपाल ट्रेड युनियन काँग्रेसको माग

३० श्रावण, काठमाण्डौँ । नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सह–सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गर्दे ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि पत्रकार बानियाँको असामयिक मृत्यु भएको भन्दै यसबारे उब्जिएका आशङ्काको छानबिन गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ “तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बानियाँ मकवानपुरको एउटा जलविद्युत आयोजनामा भेटिनु र सनाखतसमेत फोटोको माध्यामबाट गरिनुले प्रश्न उब्जाएको छ”

मुलुकमा व्याप्त बेतिथी र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई ट्रेड युनियन काँग्रेसले सामान्य मान्न नसकिने बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर