आफ्नै साथीको हत्या गर्ने मनकुमार जेल चलान

आफ्नै साथीको हत्या गर्ने मनकुमार जेल चलान

१६ असोज, झापा । धारिलो हतियार प्रहार गरी साथीलाई हत्या गर्ने झापा शिवसताक्षी ८ का ३२ बर्षिय मनकुमार लिम्बु कारागार चलान भएका छन् ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको विहिवार भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो ।

उनले भाद्र १७ गते बिहान शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा आफ्नै साथी शिवसताक्षी ११ बस्ने २९ वर्षिय गोमनसिंह मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न लिम्बुलाई भदौ १८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना लगत्तै अभियुक्तले प्रहरी सामु हत्या स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले वताउनुभयो । घटनापश्चात प्रहरीले लामो अनुसन्धान गरी हत्यारा पत्ता लगाएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर