भारतीय सेनामा नेपाली युवालाई कम प्राथमिकता दिइने

भारतीय सेनामा नेपाली युवालाई कम प्राथमिकता दिइने


२८ कार्तिक, काठमाण्डौँ । भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति ल्याएको छ । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारत सरकारले यस्तो नितिलाई अघि बढाएको हो ।

हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे ।

नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म कुनै औपचारिक कुराकानी भएको छैन ।

कुमाउ र गढवाली युवालाई प्रवेश गर्न दिने नयाँ नीतिले अहिले नै धेरै प्रभाव नपर्ने बताइएको छ । अहिले केही सीमित संख्यामा मात्र गढवाल र कुमाउका युवाहरुलाई भर्ना गरिने छ ।

भारतले केही दशक यता नेपाली युवाहरुको संख्यालाई भने कमी गर्दै आइरहेको छ ।

आसाम राइफलमा नेपाली युवा भर्ना गर्ने प्रक्रियालाई भारतले सन् २००० देखि नै रोकेको थियो ।

सन् १९७० को दशकसम्म भारतले गोर्खा राइफल्समा सबै नेपाली युवालाई मात्र भर्ना गर्ने गरिएको थियो । त्यसपछि नेपाल र भारतको वीचको अनुपात ७०÷३० थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर