दमक सहित झापामा आज थपिए ८५ कोरोना संक्रमित

दमक सहित झापामा आज थपिए ८५ कोरोना संक्रमित


२६ कार्तिक, झापा । वितेको २४ घण्टामा झापाको दमकमा जिल्लाकै सवैभन्दा धेरै संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका मात्र ३७ जना रहेका छन् । संक्रमितहरु १८ जना महिला र १९ जना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईका अनुसार जिल्लाको बिर्तामोडमा १३ संक्रमित, गौरादहमा १ जना, मेचीनगरमा ४ जना, भद्रपुरमा १०, कन्काइमा ४ जना थपिएका छन् ।

यसैगरि हल्दीबारीमा ४ जना, अर्जुनधारामा २ जना, बुद्धशान्तीमा १ जना, कचनकवल २ जना, कमलमा ६ जना, शिवसताक्षी १ जना, झापामा २ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

आजसम्म झापामा २ हजार ८ सय ९ जनामा संक्रमण देखिएको छ ।

झापामा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर