११ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियूले आज पनि विरोध प्रर्दशन गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले आज विद्यार्थीहरुलाई कालो मास्क वितरण गर्दे सरसफाई गरेर रचनात्मक रुपमा शान्तीपूर्ण विरोध प्रर्दशन गरेको हो ।
मुख्यगरी कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको थियो । तर क्याम्पस प्रमुख नेत्र बुढाथोकीसंग माघ ४ गते भएको वार्तामा सहमती नजुटेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
दमक क्याम्पसमा अनेरास्ववियूले गत माघ ६ गते देखी नै रचनात्मक रुपमा विरोध प्रर्दशन गरिरहेको छ । पहिलो दिन क्याम्पस प्रसासन अगाडी विद्यार्थीहरुले मासिक शुल्क छुटको माग सहित धर्ना दिएको थियो । दोस्रो दिन क्याम्पस सभाहलमा भेला भएर क्याम्पस प्रमुख र संञ्चालक समितीको विरोध गर्दे क्याम्पस प्रमुखको कार्यकक्षसम्म गएर कार्यकक्ष घेराउ गरेका थिए ।
अनेरास्ववियू दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङका अनुसार आज रचनात्मक रुपमा विरोध प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई कालो मास्क वितरण गर्नुका साथै कालो मास्क लगाएर क्याम्पस सरसफाई गरेर प्रसासनको विरोध गरेको उहाँले बताउनुभयो ।
यस्तै भोलीबाट भने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर अघी बढ्ने क्याम्पस कमिटीका सचिव आविश खनालले बताउनुभयो ।
क्याम्पस बन्द रहेको समयको शुल्क कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने अनेरास्ववियू नेता निशेष राईले बताउनुभयो । त्यसका लागि जस्तोसुकै आन्दोलनमा उत्रन पनि आफूहरु तयार रहेको उहाँको भनाई छ । सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो अधिकारको लडाईमा एकताबद्ध हुन पनि उहाँले आव्हान गर्नुभएको छ ।