संवैधानिक परिषदको बैठक आज बस्दै

संवैधानिक परिषदको बैठक आज बस्दै


२० माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । यसअघिको बैठकबाट संवैधानिक परिषदहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिनुभएको थियो ।

संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर