समाचार
आज शहीद दिवस मनाइदैं
१६ माघ, काठमाण्डौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ..
आज देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए
१४ माघ, काठमाण्डौँ । आज देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८ हजार ७ सय ३२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गदै हालसम्म प्रदेश–१ मा ३ हजार ८ सय ४७ जना, प्रदेश–२ मा २ हजार १ सय ७४, बागमती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार..
प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छु । ओली विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै..
दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी
१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् । कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको..
झापामा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु
१४ माघ, झापा । झापाको भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । दमक २ स्थित कोभिड उपचार केन्द्रमा एक कार्यक्रम गरि खोप दिन सुरू गरिएको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानको राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले शुभारम्भ गर्नुभयो । दमकमा पहिलो खोप दमकस्थित आम्दा अस्पतालका पूर्व सुपरीटेन्डेन्ट डा. नबिन ढकाललाई खोप दिईएको थियो । त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ..
प्रधानमन्त्री ओलीद्धारा कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ
१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । खोप अभियान शुभारम्भलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाईमा विगतमा अपनाइएका विधिहरु अझै कायम राख्न आग्रह गर्नुहुँदै उहाँले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भूगोल र सीमाभन्दा बाहिर गएर मानव जातीको बचाउका लागि खोज अध्ययन..
डोमालाल राजवंशी रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता
१३ माघ, काठमाण्डौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् । केही दिन अघि माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् । नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता खरेलले जानकारी दिनुभयो । माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय..
ओलीलाई योगेशको जवाफः मलाई पाथिभरा माताले प्रतिगमनको विरुद्धमा उभिन आदेश दिनुभयो
१३ माघ, ताप्लेजुङ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताउनुभएको छ । तर ताप्लेजुङ कम्युनिष्टको लाल किल्ला भएकाले आफूले चुनाव जितेको उहाँको भनाई छ । ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२÷४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले मात्र आफूले चुनाव जितेको उहाँले दावी गर्नुभयो । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण..
चिसोका कारण मोरङको उर्लाबारीमा एक जनाको मृत्यु
१३ माघ, झापा । तराईमा केही दिन यता बढेको अत्यधिक चिसो र शितलहका कारण कठ्याङग्रियर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित नयाँ बजारमा आज बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–८ राजाबासका ५० वर्षीय नेप्टे शेर्पा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार हाल मृतकको परिवार सम्पर्कमा आएको र शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पतालमा राखिएको छ । मृतक लामो सयम देखी सो क्षेत्रमा मागी खादै..
ओली अब नेकपाको अध्यक्ष होईनन्ः माधव नेपाल
१३ माघ, काठमाण्डौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताउनुभएको छ । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई अध्यक्षबाट हटाइसकेको पनि बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले उहाँले बताउनुभयो । ४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् उहाँले भन्नुभयो । ओलीलाई नेकपाको नाम..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७