इलाम, १९ माघ । सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा बाँझोका ओमनारायण खनाललाई ताेकेकाे छ । सदस्यमा विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा बाँझो गाउँ पालिकाकै हेमन्त राईलाई ताेकेकाे हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको समिति बनाइएको हो। सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ ।
नवनियुक्त अध्यक्ष र सदस्यहरु सपथ लिएपछि आयोगले काम थाल्ने बताइएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७