समाचार
प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई कागजको खोष्टो बनाएः रामकुमारी झाँक्री
२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपालको संविधानलाई कागजको खोष्टो बनाएको आरोप लगाउनुभएको छ । आफूले जिम्मेवारीताका साथ यो कुरा भनेको पनि उहाँले दाबी गर्नुभएको छ । उहाँले सामाजिक संञ्जालमा यस्तो लेख्नुभएको छ–‘दुनियाँ यहि समयको पर्खाईमा थियोः मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र..
संवैधानिक निकायका आयुक्तलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट
२१ माघ, काठमाण्डौँ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । आज पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गर्नुभएको छ, ‘सो मितिको सिफारिस..
संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण
२१ माघ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र..
संवैधानिक परिषदको बैठक आज बस्दै
२० माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । यसअघिको बैठकबाट संवैधानिक परिषदहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ..
नेकपा दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने
२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने भएको छ । राजधानीमा हिजो बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयाोगले जुन पत्र पठाएको छ, त्यो..
भूमि व्यवस्था आयोग इलामको अध्यक्षमा ओमनारायण खनाल
इलाम, १९ माघ । सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा बाँझोका ओमनारायण खनाललाई ताेकेकाे छ । सदस्यमा विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा बाँझो गाउँ पालिकाकै हेमन्त राईलाई ताेकेकाे हो । भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको समिति बनाइएको हो। सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ । नवनियुक्त अध्यक्ष र सदस्यहरु सपथ..
नेपालमा अब हिंसात्मक आन्दोलनको सपना नदेख्न प्रचण्डलाई ओलीको चेतावनी
१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?,..
मुलुककै सबैभन्दा ठुलो र अत्याधुनिक विद्युत प्रसारण लाइनको प्रधानमन्त्रीद्धारा उद्घाटन
१८ माघ, धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा ऊर्जा क्षेत्रको विकास महत्त्वपूर्ण भएको बताउनुभएको छ । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो अत्याधुनिक विद्युत प्रसारण लाइनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि काम गरेका कारणले नै मुलुक लोडसेडिङमुक्त भएको बताउनुभएकाो हो । उहाँले प्राविधिक समस्याका कारण कहिलेकाहीँ बत्ती जाने समस्या हुने गरेको र त्यसको दीर्घकालीन समाधानका लागि यस्ता प्रकारको प्रसारण लाइनको भूमिका महत्त्वपूर्ण..
कक्षा १२ को नतिजा सार्वजनिक
१९ माघ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरेको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२..
म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा
१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७