आज सोनाम ल्होसारः राष्ट्रपति देखी मुख्यमन्त्रीसम्मले दिए शुभकामना

आज सोनाम ल्होसारः राष्ट्रपति देखी मुख्यमन्त्रीसम्मले दिए शुभकामना

३० माघ, काठमाण्डौँ । तामाङ समुदायको सोनाम तथा ग्याल्पो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिनुभएको छ । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान र्पुयाएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्न असमानता, विभेद र उत्पीडनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस भन्दै शुभकामना दिनुभएको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जनाउनुभएको छ । उहाँले यस कार्यमा आम नागरिकको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा पनि राख्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर