दमकमा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने

दमकमा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने

२ फाल्गुन, काठमाण्डौँ । सरकारले झापामा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उक्त आयोजनालाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले यस्तो झापाको दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र एक हजार नौँ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको हो ।

मंगलबार सार्वजनिक निणर्य अनुसार सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४६ औं सत्रको उच्चस्तरीय सप्ताहमा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको जनाएको छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर