प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदैं

प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदैं

२ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आउदो फाल्गुन १६ गते गृह क्षेत्र आउनुहुने भएको छ । करिव एक बर्ष पछी प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउन लाग्नुभएको हो । अघिल्लो बर्ष फाल्गुनमा उहाँ दमक रवि सडक शिलान्यास गर्न गृह क्षेत्र आउनुभएको थियो ।

आउदो फाल्गुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले दमक ३ र इलामको चुलाचुली ५ जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्र्तगत पर्ने २५ वटा बढी पुलहरु एकैपटक प्रधानमन्त्रीले शिलान्यस गर्नुहुनेछ ।

यस्तै दमक १ बाट चुलाचुली ४ जोड्ने रतुवा नदीमा निर्मित पुलको उद्घाटन कार्यक्रम रहेको थापाले बताउनुभयो । यसैगरि दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवा पुलमा निर्मित पुल उद्घाटन गरिने छ ।

प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको समेत शिलान्यस गर्ने कार्यक्रम रहेको छ । कमल ७ मा हुने कार्यक्रम पछी प्रधानमन्त्रीले विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो ।

ओलीको गृह क्षेत्रमा हुने सभामा उल्लेख्य जनसहभागिता हुने थापाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर