नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित

२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

के सत्ता चलाउनेहरु पनि भावुक हुन्छन् ?

२६ माघ, काठमाण्डौँ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली । २३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक बन्नुभयो । भाषणका दौरान उहाँ बोल्नै नसक्ने गरी रोक्किनुभयो । उहाँको पक्षमा नारा लाग्न..

राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटाईयो

२६ माघ, काठमाण्डौँ । नेकपा ओली समूहको राष्ट्रिय युवा संघले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो । प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । सापकोटालाई संयोजकबाट हटाइए पनि कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको बताइएको छ । आजसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले..

धिमाल सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल

२५ माघ, झापा । धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते देखि फाल्गुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो । फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० वटा स्टल रहने छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका..

भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे

२५ माघ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा उहाँले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पुर्याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभयो । उक्त कार्यको सफलताका लागि हालै नियुक्त भएका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र..

श्रमजीवि पत्रकाहरुका लागि राहत प्याकेज ल्याउने संञ्चार मन्त्री गुरुङको घोषणा

२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला..

धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप

२२ माघ, काठमाण्डौँ । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । आज बिहान भानु चौकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ । धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा..

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण जनजीवन प्रभावित

२२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त समुहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । प्रहरीका अनुसार..

अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ

२२ माघ, काठमाण्डौँ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि कलंकीबाट पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता–कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल..

पूर्ववत रुपमै सार्वजनिक यातायात, उद्योगधन्दा संञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

२२ माघ, काठमाण्डौँ । सरकारले पूर्ववत रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग..