इजरायलमा आतंकवादी हमलामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

२२ असोज, काठमाण्डौँ । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र फिर्ता ल्याउन सरकारको तयारी

२२ असोज, काठमाण्डौँ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । १० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित..

इजरायलमा मृत्यु भएका आनन्दको करोड विरुवा रोप्ने र सुविधासम्पन्न हस्पिटल खोल्ने सपना अधुरै रह्यो

२२ असोज, जनकपुर । बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?) यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन खोज्छन्, सम्झाउँछन् र उनलाई सुताउने प्रयास गर्छन् । ७० वर्षीया हजुरआमा बसमतिया देवी,..

सल्यानमा सासूको हत्यापछि धानको भकारीमा लुकाएको शव फेला

२१ असोज, काठमाण्डौँ । सल्यानमा बुहारीले सासूको हत्यापछि शव धानको भकारीमा लुकाएको तथ्य खुलेको छ । शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो । असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए । सामान्य भनाभनको विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही..

आजबाट एमाले सुदूरपश्चिमको अधिवेशन शुरु, तीन जना अध्यक्षको दाबेदार

२१ असोज, धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई..

ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति

२१ असोज, काठमाण्डौँ । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार राती पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न आज काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका हुन् । प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५०..

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, मधेसका पूर्वमन्त्री सहित ७ जनाविरुद्ध मुद्दा दायर

२१ असोज, काठमाण्डौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख..

इजरायलमा भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

२१ असोज, काठमाण्डौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताए । उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन..

दमक ९ चियादोकान पश्चिम खोल्छामा पुरुषको बेवारीसे शव फेला

२० असोज, झापा । झापाको दमक नगरपालिका ९ स्थित चियादोकान पश्चिम खोल्छामा आज विहान एक पुरुषको बेवारीसे शव फेला परेको छ । सढेगलेको अवस्थामा पुरुषको शव फेला परेको इलाकामा प्रहरी कार्यलय दमकका प्रहरी नायव निरिक्षक मनोज कुमार लामाले बताए । अन्दाजी ३०/३५ बर्ष उमेर समुहका देखिने ति पुरुषको ९/१० दिन अगाडी नै मृत्यु भएको हुन सक्ने प्रहरी नायव निरिक्षक लामाले बताए । ति पुरुषको अहिलेसम्म सनखत हुन सकेको छैन ।..

सूर्याेदय नगरपालिकाले स्नातक तहमा बुहारीलाई निःशुल्क पढाउदैँ

२० असोज, इलाम । इलामको सूर्याेदय नगरपालिकाले स्नातक तहमा महिलाहरूलाई निःशुल्क शिक्षा प्रदान गरेको छ । महिलालाई शिक्षामा प्रोत्साहनका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको हो । ‘सूर्याेदय नगरपालिकाको इच्छा, छोरी बुहारीको शिक्षा’ कार्यक्रम सञ्चालन गरेर पालिकाभित्र अध्ययन गर्न चाहने छोरी, बुहारीलाई स्नातक तहमा निःशुल्क अध्यापन गराएको पालिकाको महिला विकास अधिकृत तारा शेर्पाले बताइन् । नगरपालिकाले महिलाहरुको लागि शैक्षिक लाइसेन्स तयारी कक्षा र लोक सेवा तयारी कक्षा समेत सञ्चालन गरेको..