समाचार
कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प
२५ भदौ, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गाेतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए..
ललिता निवास प्रकरणका १८ आरोपीत धरौटीमा छुटे, मिन गुरुङसँग २ करोड ४६ लाख माग
२४ भदौ, काठमाण्डौँ । ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएको जनाईएको छ । गुरुङसँग अदालतले जम्मा २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा..
कोशी प्रदेश सरकारले ल्यायो बजेटसम्बन्धी अध्यादेश
२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की..
झापाको कमलमा सवारी दुर्घटनामा एकको मृत्यु
२३ भदौ, झापा । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे..
मान्छेले कहिलेबाट रक्सि खान थाले ? उत्पतीको कथा !
स्थानीय रक्सीको संस्कृति- १ संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्! पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै दिन उनका नाममा 'जन्मशताब्दी महोत्सव' गरेको थियो। उनलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइयो। रथको पछि पछि सयौं मान्छेको लश्कर लाग्यो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगर कार्यालय पुगेपछि निधारमा..
मोरक्कोमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६ सय ३२ पुग्यो
२३ भाद्र, काठमाण्डौँ । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ६ सय ३२ पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ । मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार राति २३ः ११ मा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर..
धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु
१९ भाद्र, काठमाण्डौँ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २\२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १\१ जनाको मृत्यु..
बालेनलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकोे अनुरोध
१८ भाद्र, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नर्पुयाउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास..
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता
१८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको स्रोतले बताएको छ ।
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा तीन जनाको मृत्यु
१३ भाद्र, काठमाण्डौँ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । तम्घासबाट बुटवलका लागि छुटेको लु..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७