समाचार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान
२९ असोज, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा..
पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने
२८ असोज, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।
माङसेबुङ गाउँपालिकामा चाडवाड लक्षित अनुगमन सुरु
२८ असोज, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले चाडवाड लक्षित अनुगमन हिजो शनिवार देखि सुरु गरेको छ । चाडवाड नजिकिएसँगै पालिका भित्रका होलसेल तथा किराना पसल, होटल, औषधि पसललगायतको अनुगमन सुरु गरेको हो । अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङको नेतृत्वको अनुगमन टोलिले गजुरमुखी धाम, चतुरे बजार, रक्से बजार र चिसापानी पञ्चमी बजारक्षेत्रको अनुगमन गरेको हो । करिब ४० भन्दा बढी पसलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य..
कोशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँः ओली
२८ असोज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् । उनले भने ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ किनभने कांग्रेसका..
गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्यौः प्रधानमन्त्री प्रचण्ड
२७ असोज, काठमाण्डौँ । कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले..
आजदेखि वडा दशैँ सुरु
२७ असोज, काठमाण्डौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको..
मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन
२६ असोज, काठमाण्डौँ । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले आज शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्काे सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा..
नेपालको अर्थतन्त्र संकटको डिलमा छः प्रधानमन्त्री प्रचण्ड
२५ असोज, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले संकटग्रस्त अर्थतन्त्र सूधार गर्न उच्चस्तीय संयन्त्र बनाउन सरकार तयार रहेको पनि जिकिर गरेका छन् । ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं,’ प्रधानमन्त्री प्रचण्डले भने,..
भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमी कालापानी क्षेत्रमा ध्यान गर्दै
२५ असोज, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको बताईएको छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका..
‘मनी लाउण्डरिङ्ग’ विधेयक संसदीय समितिबाट पारित
२४ असोज, काठमाण्डौँ । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उपसिमितिले आज बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो । समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने)मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । साथै क्यासिनो सञ्चालनको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७