बझाङ केन्द्रविन्दु बनाएर आज पनि भूकम्प गयो

२० असोज, बझाङ । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज शनिबार मध्यान्ह ११ः४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो । मंगलबार यता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन् । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । त्यसपछि ३ः०६ मा ६.३ म्याग्नेच्युडको..

सच्चिन नसक्ने भए प्रचण्डले सरकार छोड्नु पर्छः शेखर कोइराला

२० असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उनले बताएका हुन् । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए । उनले देश अराजकतातिर गइरहेको भन्दै..

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२० असोज, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटका क्ररममासंक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।

माओवादीमा छोरी-ज्वाइँ, भाइ-भतिजा सप्रेका छन्ः एमाले अध्यक्ष ओली

१८ असेज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए । उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान..

आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता

१८ असेज, धनुषा । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका-चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति..

जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका चौंथो उत्कृष्ट कार्यालय

१७ असोज, इलाम । जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्येमा चौंथो भएको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो । नयाँ प्रमुख जिल्ला..

माङसेबुङ गाउँपालिकाका २ हजार ५ सय ८८ भूमिहीनलाई जग्गाको निस्सा वितरण

१७ असोज, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको छ । मंगलबार माङसेबुङ गाउँपालिका–६ स्थित चिसोपानी पञ्चमीमा एक कार्यक्रम गरी निस्सा वितरण कार्यक्रम सुरुआत गरेको हो..

कोशीमा गठबन्धन सरकारलाई असर पर्ने गरी अर्काे गठबन्धन बन्दैनः माधव नेपाल

१७ असोज, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् । समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे । उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे । उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब,..

भारती मानन्धर सर्वाेच्च अदालत परिसरमै ढलीन्

१७ असोज, काठमाण्डौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वाेच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वाेच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी..

‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध बिहीबार सुनुवाइ हुने

१७ असोज, काठमाण्डौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद..