कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा

१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट

१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको..

विश्वकप छनोटका लागि नेपालले आज यूएईको सामना गर्दै

१७ कार्तिक, काठमाण्डौँ । आसन्न टी(२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो। बिहीबार..

शाहरुख खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा

१७ कार्तिक, काठमाण्डौँ । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् । कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।..

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ

१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान..

रिगललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेशः कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

१६ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वाेच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई..

यो सरकारबाट शान्ती–शुरक्षाको आशा गर्न सकिदैँनः विष्णु पौडेल

१६ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् । ‘हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई..

रिगल विरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने

१६ कार्तिक, काठमाण्डौँ ।  नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो । बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने..

सरकारी कार्यालयहरू आजबाट ४ बजेसम्म मात्रै खुल्ने

१६ कार्तिक, काठमाण्डौँ । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

पर्यटक आगमनमा नयाँ रेकर्डः एक महिनामै भित्रिए १ लाख १७ हजार

१५ कार्तिक, काठमाण्डौँ । नेपालमा पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या..