एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल, जोगियो पद

२३ कार्तिक, काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् । कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसङ्गै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । एक मत बदर भएको छ..

तिहारपछि १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्री किरातीको भनाई

२३ कार्तिक, काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तिहारपछि ठूला–साना गरी थप १० वटा जहाज खरिद प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको छ । वायुसेवा निगमसँग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक विमानस्थलमा उडान गरिनेछ’..

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

२३ कार्तिक, काठमाण्डौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयुक्त अरब इमिरेट्स (यूएई)को.भ्रमण स्थगित भएको छ । आउदो कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरिएको सचिवालयले जनाएको छ । दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि..

अदालतको आदेशपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

२३ कार्तिक, कास्की । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी..

रेशम चौधरीविरुद्धको रिट आजका लागि स्थगित

२३ कार्तिक, काठमाण्डौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको..

माङसेबुङको चकमके सामुदायिक वनको नयाँ उपभोक्ता समिती गठन, अध्यक्षमा सजन राई

२२ कार्तिक, काठमाण्डौँ । इलामको माङसेबुङ ३ स्थित चकमके सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सजन राई सर्वसम्मत चयन भएका छन् । लाक्तापा टोलमा माङसेबुङ ३ का वडा अध्यक्ष लछुमन राई सहित बसेको भेलाले राईलाई अध्यक्ष अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा रिता कुमारी राई, सचिवमा शुरेस राई, सह–सचिवमा मिमाहाङ राई र कोषाध्यक्षमा संगिता राई चयन भएका छन् । सदस्यहरुमा हरी कुमार राई, कमला राई, कबिता राई, कुशचन्द्र राई, अप्सरा..

लेकसाइड क्षेत्रका व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालतको आदेश

२२ कार्तिक, काठमाण्डौँ । लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो । अदालतले यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने..

आउदो मंसिर १४ देखी एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्ने

२२ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको..

भूकम्प पीडितका लागि चीनले ४० करोडको राहत सामाग्री नेपाललाई बुझायो

२२ कार्तिक, काठमाण्डौँ । चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझाएको छ । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ..

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने

२२ कार्तिक, काठमाण्डौँ । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने बताएको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् । राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक..