संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निर्णय

२१ कार्तिक, काठमाण्डौँ । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ । बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने..

भूकम्प अपडेटः १७ हजार सात सय ९२ घर पूर्ण क्षति, सबैभन्दा धेरै क्षति रुकुम पश्चिममा

२१ कार्तिक, काठमाण्डौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई..

एसका अध्यक्ष नेपाल १३ सदस्य टोलीसहित आज चीन भ्रमणमा जाँदै

२१ कार्तिक, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदै छन् । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहितको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । १४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन्। टोली साँझ ५ बजे चीन जान लागेको छ..

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

२१ कार्तिक, कामाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनस्र्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे..

भूकम्प पीडितका लागि नेपाली कांग्रेसले ५० लाख सहयोग गर्यो

२१ कार्तिक, कामाण्डौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्र्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनस्र्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो । मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले ५० लाखको चेक..

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई नेकपा एसले दियो २५ लाख सहयोग

२१ कार्तिक, कामाण्डौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् । यसैक्रममा आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी..

पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

२० कार्तिक, इलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक २७ गते बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवार र द नेक्सस ब्याण्डको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको मुल समिति सह-संयोजक एक्सन माकृहाँङले जानकारी दिए..

जाजकोटमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महशुस, स्थानिय त्रसित

२० कार्तिक, जाजरकोट । जाजकोटमा आज फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । लगत्तै ४:४० मा ४.५ रेक्टरको अर्को पराकम्प गएको छ । यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने..

अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत

१८ कार्तिक, इलाम । अनेरास्ववियु चुलाचुली गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट युनेश न्यौपाने अध्यक्षमा निर्वाचित बनेका छन् । चुलाचुली ४ आईतवारे स्थित पाथिभरा सहकारीको हलमा आज सम्पन्न भएको अधिवेशनमा न्यौपाने सहित सम्पुर्ण समिती सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रोहन फियाक, सचिवमा कुशल भुर्तेल, सहसचिवमा रमा गौतम सहित १५ सदस्य कमिटी सर्वसम्मत बनेका छन् । अनेरास्ववियु केन्द्रिय सदस्य तथा इलाम ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा अनेरास्ववियु इलामका अध्यक्ष..

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो

१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..