डिजेल र मट्टीतेलको मूल्य घट्यो

१४ कार्तिक, काठमाण्डौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन आईओसी बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

यि हुन् विश्व शान्ति भूमिमा पाईला टेक्ने संयुक्त राष्ट्रसंघका ६ जना महासचिव

१४ कार्तिक, काठमाण्डौँ । विश्व शान्तिको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव बनेका छन् एन्टोनियो गुटेरेस । यसअघि ५ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन् । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । त्यतिबेला संयुक्त राष्ट्रसंघमा ड्याग ह्यामरसोल्ड महासचिव थिए । उनी राष्ट्रसंघका दोस्रो महासचिव हुन् । हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालिसकेका छन् । तीमध्ये हालका गुटेरेससहित ६ जनाले लुम्बिनी भ्रमण गरेका छन् ..

नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्छः राष्ट्रसंघ महासचिव गुटरेस

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताएका हुन् । उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’ उनले नेपालको पछिल्लो २० वर्षको यात्राको..

नेकपा माओवादी केन्द्रले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने

१४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने निर्णय गरेको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादीले विशेष अभियानकै क्रममा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वयको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने भएको छ । माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र..

राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनी प्रस्थान

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी पुगेका छन् । अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी प्रस्थान गरेका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् । लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा..

अन्नपूर्ण आधार शिविर पुगेर राष्ट्र संघका महासचिवले भने ‘जलवायु परिवर्तनकोे असर हेर्न यहाँ आउनु’

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा आज अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए । ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी..

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्ने

१४ कार्तिक, काठमाण्डौँ । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४..

नेपालमा सवैभन्दा धेरै एक तले घर

१३ कार्तिक, काठमाण्डौँ । देशमा सबैभन्दा बढी एक तले घर रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घर एक तले रहेको कार्यालयले जानकारी दिएको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कार्यालयले आज जारी गरेको विवरणमा कूल घरमध्ये ५९ दशमलव ८२ प्रतिशत घर एक तले रहेको उल्लेख छ । त्यस्तै, दोस्रोमा दुई तले घर परेका छन् । २८ दशमलव ७८ प्रतिशत दुई तले,..

अब नागरिक एपमा रहेको लाइसेन्सलाई समेत ट्राफिकले मान्यता दिने

१३ कार्तिक, काठमाण्डौँ । अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ । ​सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो । योसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएको हो । सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल..

को ‘सम्माननीय’, को ‘माननीय’

१३ कार्तिक, काठमाण्डौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ । विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा..