समाचार
एनआरएनए विवाद उत्कर्षमाः बैंक खाता रोक्का गर्न पराजित पक्षको निवेदन
१३ कार्तिक, काठमाण्डौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को पराजिन पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत सीईओ राजेन्द्रकुमार..
संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता
१२ कार्तिक, काठमाण्डौँ । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती सरकारले संघीय सरकारविरुद्ध आज (सोमबार) सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको छ । संघीय संसद्ले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन् । प्रदेश सरकारलाई संविधानले आफ्नो प्रदेशभित्र यातायात व्यवस्थापनको..
विपक्षी दलको नेताको मर्यादाक्रम अब ६औँ नम्वरमा
१२ कार्तिक, काठमाण्डौँ । हाल कायम रहेको प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको छ । यस अघि विपक्षी दलको नेताको मर्यादाक्रम ८ औँ नम्वरमा मात्र रहेको थियो । हाल प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५ औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् । छैठौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन्..
टी-२० विश्वकप क्रिकेट छनोटमा नेपालको सुखद सुरुवातः सिंगापुर आठ विकेटले पराजित
१२ कार्तिक, काठमाण्डौँ । अर्काे वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आज सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर..
गाजामा इजरायली आक्रमणबाट आठ हजार पाँच सय प्यालेस्टिनीको मृत्यु
१२ कार्तिक, काठमाण्डौँ । गाजामा इजरायली आक्रमणबाट आठ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल–हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन..
१२ कार्तिक, काठमाण्डौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ । मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ । त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।..
भारतको आन्ध्र प्रदेशमा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० जना घाइते
१२ कार्तिक, काठमाण्डौँ । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल एक–आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।
राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना
११ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो । आइतबार महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति..
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।
दशैंका लागि बैंकिङ प्रणालीबाट ७६ अर्ब बाहिरियो
११ कार्तिक, काठमाण्डौँ । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए । साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए । ‘दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७