अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत

अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत

१८ कार्तिक, इलाम । अनेरास्ववियु चुलाचुली गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट युनेश न्यौपाने अध्यक्षमा निर्वाचित बनेका छन् । चुलाचुली ४ आईतवारे स्थित पाथिभरा सहकारीको हलमा आज सम्पन्न भएको अधिवेशनमा न्यौपाने सहित सम्पुर्ण समिती सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा रोहन फियाक, सचिवमा कुशल भुर्तेल, सहसचिवमा रमा गौतम सहित १५ सदस्य कमिटी सर्वसम्मत बनेका छन् ।

अनेरास्ववियु केन्द्रिय सदस्य तथा इलाम ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा अनेरास्ववियु इलामका अध्यक्ष सचिनजंग रायमाझी, चुलाचुली गाउँपालिका उपप्रमुख दिलु योङ्हाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अनेरास्ववियुका प्रदेश उपसचिव पारस राई, प्रदेश सदस्य गौरवजंग बुढाथोकी, अनेरास्ववियुका जिल्ला अध्यक्ष सचिनजंग रायमाझी, अनेरास्ववियुका जिल्ला उपाध्यक्ष तथा इलाम क्याम्पस स्ववियु सभापती दर्शन राई, अनेरास्ववियुका जिल्ला उपाध्यक्ष तथा गरुवा क्याम्पस स्ववियु सभापती गोपाल आचार्य, नेकपा एमाले इलाम जिल्ला सचिवालय सदस्य विपिन योङ्या, एमाले इलाम जिल्ला बुद्धिजिवी परिषद् समस्य जिवन अधिकारी, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका इलाम उपाध्यक्ष रनबहादुर लिम्बु, नेकपा एमाले चुलचुलीका अध्यक्ष तथा चुलाचुली गाउँपालिका उपप्रमुख दिलु योङ्हाङ, युवा संघ चुलाचुलीका सचिव मुकेश खत्री लगायतको उपस्थिती रहेको थियो ।

अखिल इलामका कोषाध्यक्ष तथा चुलाचुली ईन्चार्ज विहानी राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा माङ्सेवुङका विद्यार्थी नेता शुक्र फागो, प्रजिल राई सहित दमकका विद्यार्थी नेताहरु भिजन चेम्जोङ, निश्चल दाहाल, सचित खतिवडा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम विद्यार्थी नेता मधुराम विश्वले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270